काठमाण्डौँ — अबदेखि आइपीओमा १० कित्ताका लागि मात्र पनि आवेदन दिन सकिने भएको छ ।
यसअघि कम्तीमा ५० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।
नेपाल धितोपत्र बोर्डले सो व्यवस्थालाई पमिार्जन गर्दै १० कित्ताका लगि मात्र पनि आवेदन दिन सक्ने बनाएको जनाएको छ ।
यसअघि सवै वर्गका लगानीकर्ताको सहभागिता बढाउन सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भए भएपनि त्यही १० कित्ताका लागि पनि कम्तीमा ५० कित्ताको पैसा तिरेर आवेदन दिनुपथ्र्यो ।
पूँजीबजारमा पहँुच बढाउने उद्देश्यले सबैको सहभागिता सहज गराउँन १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डले सबै निष्काशन तथा बिक्रि प्रवन्धकलाई १० कित्तामात्र आवेदन दिनसक्ने व्यवस्था मिलाउन पपित्र गरिसकेको छ ।
FACEBOOK COMMENTS