काठमाडौं, मङ्सिर ११ – सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । गुप्ता व्यवसायिक रुपमा कृषि र खाद्यान्नको क्षेत्रमा सकृय छन् । त्यसो त उनी कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिष्ठित व्यवसायिक घराना मोहित ग्रुपका संचालक हुन । उनले मोहित ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड मानिन्छ । ग्रुपलाई सहि दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्धतिय कार्यकौशलता तथा व्यवस्थापकिय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रुपमा हेरिदै आएको छ ।
कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धी हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट सो क्षेत्रको नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दुरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढिकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ । खाद्य उद्योगको क्षेत्रको विकास र उन्नयनमा निकै सकृयतापुर्वक लागि पर्दै आएका गुप्तालाई व्यवसायिक बृत्तमा भिजन भएका नेताको रुपमा लिईन्छ । युवा व्यवसायीहरु माझ निकै चर्चित गुप्तामा नयाँ पुस्ताका लागि रोल मोडल बन्न सक्ने ल्याकत देखिन्छ ।
त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगंज वासी माझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरुको शहरको उपमा पाएको वीरगंज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यहि शहरबाटै आफ्नो व्यवसायिक यात्राको शुभारम्भ गर्दै सफलताको मुकाम प्राप्ती गरेका हुन । दुई दशक अघि देखी विरगंज उद्योग वाणिज्य संघको कार्य समितीमा रहेर कार्य गर्दै आएका गुप्ता हाल संगठनको वरिष्ठ उपाध्यक्ष छन् । यस अर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रुपमा हेर्ने गरेको पाईन्छ । सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन । भावी दिनमा महासंघलाई हाँक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ ।
FACEBOOK COMMENTS