काठमाडौं,चैत ७ – भाइरसको संक्रमण बढ्दै गएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक रूपमा गर्दै आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने भएको छ ।
महानगरीय ट्राफिक महाशाखाकाको अनुसार मापसे जाँच अनिश्चितकालको लागि रोकिएको हो ।
तर, आवश्यक परेको अवस्थामा भने अस्पतालमै मापसे जाँच गरिने महाशाखाले बताएको छ ।
यस्तै मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।
FACEBOOK COMMENTS