काठमाडौं, माघ २०- सिदार्थ बैंककाे डेबिट कार्डकाे लागि अनलाईन मार्फत आवेदन दिन सकिने भएकाे छ ।
याेसँगै अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।
कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत जानकारी दिइने बैंकले जनाएकाे छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS