काठमाडौं, असोज १८ – श्रीराम ग्रुप अफ कम्पनीले दशैंका लागि ग्राहकको घरमै खसी पुर्याउने योजना ल्याएको छ । अनलाइन खसी डटकमबाट ग्राहकले खसी छनोट गरेपछि त्यसलाई घरमै पुर्याउने व्यवस्था कम्पनीले गर्नेछ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मात्र यो सेवा उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए ।
सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेको लोकल खसी अनलाइन खसी डट कम मार्फत खरिद गर्न सकिने उनले बताए । खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमा खसी आएपछि बाँकी रकम तिर्न सक्ने ढकालले बताए । कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS