काठमाण्डौं– अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ।
‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्न लागेको हो।
अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रचलन बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम लागू गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ‘ई–केवाईसी सिस्टम’ ल्याउन लागेको छ।
मिसकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेलगायत प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए।

– अन्नपुर्ण
