काठमाण्डौं– नेपाल वायुसेवा निगमको टिकट घरमै बसेर लिन सकिनेछ ।
निगम र इ–सेवाबीच सम्झौता भएकाले यस्तो सुविधा उपयोग गर्न सकिने भएको हो ।
सम्झौतापत्रमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन लामिछाने हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै इ–सेवाबाट निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ ।
यसअघि इ–सेवाबाट बुद्ध, श्री, यति, सिम्रिक र सौर्य एयरलाइन्सको टिकट खरिद गर्न सकिन्थ्यो ।
FACEBOOK COMMENTS