काठमाण्डौ – उद्योगी व्यवसायीले दर्ता भएको आफ्नो उद्योगको सञ्चालन अवस्थाबारे अनलाइनबाटै सरकारलाई जानकारी गराउन सक्ने भएका छन् ।
विभागले उद्योग सञ्चालनको विवरण अनलाइनबाटै पठाउन सकिने प्रणाली (इन्डस्ट्रियल स्टास्टिक इन्ट्री सिस्टम) तयार गरेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।
विभागले हालै एक कार्यक्रम आयोजना गरी यो प्रणालीबारे उद्योग क्षेत्रका छाता संगठनलाई जानकारी गराएको छ ।
ऐनअनुसार नै अनलाइनबाट विवरण पेस गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले यो प्रणाली लागू भएपछि सार्वजनिक सूचना जारी गर्ने जनाएको छ ।
सूचना जारी भएको ३० दिनभित्र ०७३र७४ को वार्षिक प्रगति र आगामी ६ महिनाभित्र आव ०७४र७५ को वार्षिक प्रगति विवरण नबुझाए जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS