काठमाडौं, माघ २ – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको बताएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् ।
संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा उनले ओलीलाई दम्भले भरिएको मान्छे भएकोसमेत टिप्पणी गरे ।
आफ्नो मन्तव्यको अधिकांश समय ओलीको आलोचनामा खर्चेका नेपालले प्रधानमन्त्री ओलीलाई अवैधानिक प्रधानमन्त्री हो भने ।
‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो । उनले सत्ताको दुरुपयोग गरेका छन्,’ उनले भने, ‘उनले आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो ।’
FACEBOOK COMMENTS