काठमाडौं, चैत १३ – टेस्ला विद्युतीय कार अब क्रिप्टोकरेन्सी(बिटक्वाइन) तिरेर किन्न सकिने भएको भएको छ। टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले बिटक्वाइन भुक्तानी लिनका लागि टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने ट्विटमार्फत् बताएका छन्।
बिटक्वाइनको मूल्य सर्वाधिक बढ्नुको कारण टेस्लाले हालै गरेको एक करोड ५० लाख डलर लगानीलाई मानिएको छ। बजारमा बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने हुनाले टेस्ला कारको मूल्य पनि फरक हुन सक्नेछ।