काठमाडौं, कात्तिक १६ – ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने व्यवस्था लागू गर्न लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीमा परेका आम सवारी चालकले आफूले बोकेको मोबाइलबाटै सिधै नेपाल सरकारको राजस्व खातामा रकम दाखिला गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
अबको १ महिनामा मादक पदार्थ सेवन तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।
‘अब कारवाहीमा परेका सवारी साधन चालकले राजस्व बुझाउनका लागि बैंकसम्म लाइन बस्न जानु पर्दैन,’ उनले भने ‘ अब छिट्टै नै हामी आम ग्राहकले तिरेको राजस्व नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था गर्दैछौं ।’ ढिलोमा १ महिनाभित्र हामी विद्युतीय प्रणालीमार्फत सरकारको खातामा राजस्व दाखिला हुने व्यवस्था मिलाउँदै छौं ।’
FACEBOOK COMMENTS