काठमाडौं असोज १४ । यात्रुको चाप बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको छ।
विहीबारदेखि आन्तरिक हवाई उडान गर्ने बुद्ध, यती, श्री, सिम्रिक, तारा, समिट, सीता लगायत आठ निजी वायुसेवा कम्पनीका जहाजले दैनिक ७४ वटा उडान गर्ने भएका छन। ६ महिनापछि गत असोज ५ गतेदेखि उडान थालेका ती कम्पनीलाई २५ प्रतिशत मात्रै उडान गर्न प्राधिकरणले अनुमति दिएको थियो।
प्राधिकरणले तयार पारेको उडान तालिका अनुसार बुद्ध एयरले दैनिक २९ वटा नियमित उडान गर्ने छ। ुबुधबारसम्मको उडान अकुपेन्सी राम्रो छ। यात्रुहरुको माग आए अनुसार हामीले थप उडान संख्या पाएका छौँ,ु कम्पनीका प्रवक्ता रुपेश जोशीले भने।
बुद्धले विराटनगर(तुम्लिङटारका लागि दैनिक एउटा उडान गर्ने तालिका रहेको प्राधिकरणले जनाएको छ। विभिन्न गन्तब्यमा दैनिक १२ वटा उडान गर्दै आएको यति एयरलाइन्सले बिहीबार देखि दैनिक १५ वटा उडान गर्ने अनुमति पाएको छ। पोखरा बाहेक भैरहवा, भद्रपुर, विराटनगर, तुमलिङटार लगायत गन्तब्यमा पछिल्लो समय यात्रु अकुपेन्सी ९० प्रतिशत रहेको कम्पनीका प्रवक्ता सुदर्शन वर्तौलाले बताए।
यतीको भगिनी कम्पनी ताराले दैनिक चारवटा उडान गर्ने अनुमति पाएको छ। गत मंगलबारदेखि दैनिक नेपालगञ्ज र धनगढीमा दुईवटा उडान सुरु गरेको श्री एयरलाइन्सले विहीबारदेखि राजविराज बाहेक भैरहवा, विराटनगर, भद्रपुर, नेपालगञ्ज, धनगढी लगायत पाँच गन्तब्यमा नियमित उडान गर्ने अनुमति पाएको छ। कम्पनीले देनिक १२ वटा उडान गर्ने तालिका रहेको प्राधिकरणले जनाएको छ।
सिम्रिक एयरलाइन्सले भोलिदेखि काठमाडौं(पोखरा दैनिक दुईवटा उडान गर्ने भएको छ। प्राधिकरणका अनुसार सीताले दैनिक चारवटा उडान अनुमति पाएको छ। विहीबार सिता एयरले काठमाडौं(ताप्लेजुङ देनिक दुईवटा उडान र लुक्लातर्फ एउटा उडान गर्ने भएको छ।
यसैगरी समिट एयरले दैनिक चारवटा उडान गर्ने अनुमति पाएको छ। कम्पनीले काठमाडौं देखि लुक्लातर्फ देनिक दुईवटा उडान र जोमसोममा साताको पाँचवटा उडान गर्ने तालिका रहेको प्राधिकरणले जनाएको छ।
FACEBOOK COMMENTS