काठमाडौं, चैत ९ – नेपाल टेलिकमले उच्च गतिको १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । हाल कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ ।
अन्य सेवाप्रदायकले पनि नेपालमा ६० एमबीपीएस सम्मको मात्रै इन्टरनेट सेवा दिदै आएका छन ।सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।
टेलिकमका प्रवन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए ।
एक महिना भित्र उक्त गतिको इनटरनेट सेवा उपलब्ध हुने उनको भनाई छ ।
FACEBOOK COMMENTS