काठमाडौं, जेठ ९ – काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएको भन्दै बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र एक दिनमा बढीमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउने भएका छन् । वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाख खोल्न पाउने छन् ।
यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा १/१ वटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउने छन् ।
नेपाल बैंकर्स संघका अनुसार हालसम्म वाणिज्य बैंकहरुका मात्रै १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको र अहिले पनि २ हजार ५०० कर्मचारी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै विकास बैंकमा पनि ४४२ कर्मचारीमा कोरोना संक्रमण भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । जसमध्ये २१४ कर्मचारी सक्रिया संक्रमित छन् ।
FACEBOOK COMMENTS