३१ डिसेम्बरमा चीनले एक किसिमको नयाँ निमोनिया जस्तो रोग देखिएको जानकारी डब्लुएचअो अर्थात विश्व स्वास्थ्य संगठनलाई गरायो । जनवरी ३ मा ४४ वटा उस्तै लक्षण भएको व्यक्तिहरु पहिचान भए । जसमा ११ जना सिकिस्त थिए । ३१ डिसेम्बरमा देखिएको शंकास्पद रोगबाट सजग भएर चीनले बुहान शहरमा संक्रमण भेटिएको तरकारी बजार रहेको सम्पूर्ण क्षेत्रलाई जनबरी १ मा नै बन्दगरी सेनिटाइज गर्ने काम शुरु गर्यो । संक्रमण शूरु भएको १० दिनमा विश्व स्वास्थ्य संगठनले सबै देशहरुले अपनाउनु पर्ने विस्तृत निर्देशिका जारी गरीसकेको थियो । चीन बाहिर जनबरी १३ मा थाइल्याण्डमा पहिलो केश भेटियो । नेपालमा २३ जनबरीमा हुवानबाट नेपाल आएका एकजना नेपालीमा पहिलो भाइरस संक्रमण भेटियो ।
जनवरी १० मा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण देशले अपनाउनु पर्ने साबधानी लगायतको विषयमा निर्देशिका जारी गरी सेकेको थियो । तर जनवरी २३ सम्म नेपाल सरकार न कुनै सिरियस भएको देखिन्छ न यस सम्बन्धमा कुनै पनि तयारी नै गरेको देखिन्छ । जबकी जनबरी ५ मा पर्यटन मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी बिभिन्न देशको राजदुतबास तथा ती देशमा बसेका नेपालीहरुलाई नेपाल भ्रमण बर्षको उदघाटन कार्यक्रम भव्यताका साथ सफल पार्न अनुरोध गरेको थियो । त्यति मात्र होइन् जनवरी १८ मा पर्यटन मन्त्रीज्यूले नेपाल कोरोना फ्रि देशको रुपमा प्रचार गर्नको लागी अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको देखिन्छ ।
जनवरी २३ मा पहिलो संक्रमण भेटिए पछि नेपाल सरकारले जनवरी २८ मा सूचना जारी गरेको थियो जसलाई पहिलो प्रतिक्रिया भन्दा पनि हुन्छ । जबकी हाम्रा स्वस्थ्य मन्त्रीज्यूले जनवरी ३१ मा मात्र नेपाल मेडिकल काउन्सीलका अध्यक्ष लगायतहरुसँग भेटी राज्यले चाल्नु पर्ने कदमहरुको बारेमा राय सुझाब मागेका थिए । यी सबै घटनाक्रमहरु मेरो मानसपटलमा, यो कहानी लेखी रहदा झल्झली घुमीरहेका छन् । लाग्यो हाम्रो प्रशासन यस प्रकारको माहामारीको अबस्थामा किन त्यती संबेदनशिल छैन । यस्तै विषयले मलाई दुखी बनायो । हुन त अमेरीका जस्तो नेपालमा महामारी देखीएको छैन जबकी ३१ जनवरीमा पहिलो संक्रमण भेटिएको अमेरीकामा हाल ५ लाख मानिसमा यो संक्रमण सल्कीएको छ, १५ हजारको मृत्यु भै सकेकोछ । जनवरी २३ मा पहिलो केश भेटिएको नेपालमा हाल सम्म जम्मा ९ जना संक्रमती छन भने कसैको मृत्यु भएको छैन । चिनको कुरा गर्ने हो भने ३१ डिसेम्बरमा पहिलो संक्रमण देखीए पछिको १ महिना, जनवरी ३१ मा ११२८९ मानिसमा संक्रमण देखिएको थियो, २५९ जनाले ज्यान गुमाइ सकेका थियो ।
जबकी चीनले संक्रमण देखिएको दोश्रो दिनमै बन्द गरेको थियो । चीन बाहिर पहिलो पटक जनवरी १३ मा थाइल्याडमा संक्रमण भेटिएको थियो । जहा हाल सम्म २४७३ जनामा संक्रमण भेटिएको छ भने ३३ जनाले ज्यान गुमाई सकेकाछन् । यी तथ्यलाई हेर्ने हो भने हामी साच्चिकै भाग्यमानी सम्झनु पर्छ । मलाई पत्याउन गारो हुन्छ की नेपालमा संक्रमित स्थिर हुनुमा नेपाल सरकारको हात छ । धन्य पशुपतिनाथको कृपाले हामी बाँचेका छौ । नत्र यस माहामारीको यत्रो रुप हेरी रहेको हाम्रो सरकारले ३ महिना १० दिन हुदाँ पनि आज सम्म एएभ्, मास्क, सेनिटाइजर, भेन्टीलेटर जस्ता अति आबश्यक स्वस्थ्य समाग्री पर्याप्त ल्याउन समेत सकेको छैन । कैयौ अस्पतालहरुमा स्वस्थ्य समाग्रीहरुको अभावमा जरो, खोकी, रुघा लागेका विरामीहरुलाई स्वस्थ्यकर्मीहरुले उपचार गर्न मानेका छैनन् । गहिरीएर सोच्छु, अत्यास लाग्छ के साच्चै नेपालमा त्यो अमेरीका, इटली, स्पेन जस्तो अबस्था हुने हो भने देश सायद चीनलाई जिम्मा दिनु पर्ने अबस्था आउथ्यो होला ।
हामीले कुनै हालतमा यसको व्यवस्थापन गर्न सक्ने थिएनौं । जबकी स्वस्थ्य सामाग्री ल्याउन नसकेर अन्तीममा आएर सेना अगाडि बढ्नु पर्ने अबस्था आयो । धन्न भगवानले साथ थिएकाछन् । अस्पतालमा कोरोनाको शंकास्पद विरामी मर्छ, रिपोर्ट आउछ नेगेटिभ तर कोही छुदैनन्, हप्तौैसम्म लास उठदैन् । जोरो आएका बिरामीलाई कुनै अस्पतालले भर्ना गर्दैनन् । अस्पताल चाहार्दा चाहार्दै ज्यान जान्छ । सोचे व्यक्तिगत अस्पताल त नाफाकै लागी खोलेका हुन, स्वास्थ्य सामाग्री नभएको बाहनामा भर्ना गरेनन् । के राज्यले त्यसको जिम्मा लिन नसक्ने नै हो ? अनि राज्यले ३ महिना भित्र कम्तीमा ति अस्पतालहरुलाई आबश्यक स्वास्थ्य समाग्री दिनु पर्ने होइन र ? सा lमाग्री हुदाँ हुदै पनि उपचार नगरेको अबस्था हो भने के राज्यले नियन्त्रणमा लिएर उपचार शुरु गर्न नसक्ने हो र ? किन एउटा लास हप्तौ सम्म उठ्दैन् ? ईटली, स्पेन, फ्रान्स जस्तो भएको भए ति लासहरुको अबस्था के हुन्थ्यो होला ? कल्पना गर्न सक्ने अबस्था देखिदैन ।
हजारौ नेपालीहरु जो दैनिक ज्यालादारीमा जीवन निर्बाह गरिरहेकोछन् । आज कमायो आजै खायो । छोरा छोरी परिवार छन्, जाउ कहा ? कोठा भाडामा छ । घरपेटीले भाडा माग्न आउने बेला भयो । शहरको रमझम र जसरी नी छोरा छोरीलाई ज्याला मजदुरी गरेर नी राम्रो पढाउने सपनामा शहर पसेको ति बर्षौ भयो । हुन त गाँउ छ, एक पाटो बारी पनि होला । बाझो छ । गाँउ गएर निर्बाह गर्न नी त्यती सजिलो छैन । हजारौ विधार्थीहरु छन् उच्च शिक्षाको लागी शहर पसेका । ८÷१० हजार कमाएर पढीरहेका । काम छैन, सानो जागीर, तलब दिन कम्पनी राजी छैन । गाँउमा बुबा आमा परिवार छ । उनीहरुको पनि आम्दानी छैन । त्यही दुध, तरकारी बेचेर जिविका चलेको थियो । सबै बन्द छ । कहाँ बेच्ने ? कसरी बाँच्ने । सोच्न सकेको छैन । कम्तीमा गाउँ जान पाएनी एक छाँक खान त सकिन्थ्यो होला । सबै बन्द छ । जान सक्ने अबस्था छैन । यस्तै विजोक छ नियमित उपचार गरिरहेका विरामीको । मलाइ एकजना मित्रले सुनाउदै थिए, मेरो बुबाका प्रत्येक हप्ता डाइलेसिस गर्नु पर्ने सबै रोकिएको छ । कहाँ जाउ कसलाई भनु । सरकारले दिएका नम्बरहरु कति सम्पर्क हुन सक्दैन । कतीमा रेपोन्स नै छैन । काम छैन, पैसा छैन । उपचार गर्ने ठाउँ छैन । मर्ने की बाँच्ने हो भगबानको भरोसामा छु ।
यस्तै कथा ठेलागाडा चलाउने देखी ट्याक्सी चलाउने सम्मका छन् । उनीहरु सरकारलाई भनिरहेका छन् सरकार कि एक छाक खाने व्यवस्था गर कि घर जाने व्यवस्था गर । यी जनताहरु अहिले अभिभावक खोजिरहेका छन् । कसैले यिनीहरुको बारेमा सोचिदेओस् । स्थानिय सरकार छ, प्रदेश सरकार छ, केन्द्र सरकार छ । तर कसैसँग झण्डै ४ महिना हुन लाग्दा समेत केही व्यवस्थित योजना छैन् । सबैको आ–आफ्नो ताल छ । कसैले कसैलाई टेर्दैनन् । प्रधानमन्त्री बिरामी हुनु हुन्छ सायद निर्णय गरेको कुरा नै भूल्नु हुन्छु, अन्य मन्त्रीहरु पनि नभएका होइनन् । उनीहरु आफ्नो दुनो सोझाउन मै व्यस्त छन् । नत व्यवस्था छ, न व्यवस्थापन । घन्टा घन्टामा निर्णयहरु परिबर्तन हुन्छन् । अन्तमा त्यो उच्चस्तिरीय कोरोना रोकथाम समितीको बनौट माथि आँखा पर्यो । नत कुनै विशेषज्ञ रहेछन् नत यस सम्बन्धमा जनाकार, नत कुनै राम्रो व्यवस्थापक । सोचे जसरी एक जना कुलमानले देशलाई अध्यारोबाट मुक्ती दिए । यहाँ पनि त्यस्तै व्यवस्थापक भएको भए ति अभिभावक खोजिरहेका नेपालीहरुको मनमा उज्यालो अवश्य भरिने थियो ।
-मनोज कुमार कँडेल (अधिबत्ता÷बरिष्ठ बालअधिकारकर्मी)
FACEBOOK COMMENTS