काठमाण्डौँ — प्रभु बैंकले बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगलको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले एक समारोहका विच बैंककोे एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरे ।
बैंकको बिरगञ्ज शाखाले उक्त एक्टेन्सन काउन्टर संचानमा ल्याएको हो ।
बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदिप कुमार यादवले बैंककले एक्स्टेन्सन काउन्टर सुरु गरेसँगै पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।
FACEBOOK COMMENTS