काठमान्डौ – कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,’ हिन्दुस्तान टाइम्सले लेखेको छ । अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्।
अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ । आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन् । समाचारमा भनिएको छ( ‘महाराष्ट्र सरकार र अस्पतालले अमिताभ र अभिषेक दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका छन्। तर ७७ वर्षीय अमिताभको उमेर र पहिलेका स्वास्थ्य समस्याका कारण उनलाई गाह्रो हुने सम्भावना रहेको अस्पतालले जनाएको छ।’
FACEBOOK COMMENTS