काठमाडौं, चैत १ – बेलायतका राजकुमार ह्यारीकी पत्नी मेगन मार्कलले राजनीतिक करीयर शुरू गरी राष्ट्रपति पदका लागि लड्ने सोच बनाएको एक बेलायती नेताले बताएका छन् । ओपरा विन्फ्रेसँगको विस्फोटक अन्तर्वार्तामा बेलायती राजपरिवारका बारेमा सनसनीखेज खुलासा गर्दै चर्चा कमाएकी मेगन अमेरिकी राष्ट्रपति बन्ने सोचमा रहेको बेलायती पत्रिका द डेली मेलले लेबर पार्टीका एक नेतालाई उद्धृत गर्दै खबर दिएको छ ।
मेगनले डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरूसँग सम्पर्क बढाएको र अमेरिकी राष्ट्रपति पदका लागि लड्न खोजेको डेली मेलको स्रोतको दाबी छ । टोनी ब्लेयरवादी, अन्तर्राष्ट्रियतावादी र डेमोक्रेटिक पार्टीका सञ्जालहरूले मेगनको राजनीतिक महत्त्वाकांक्षा तथा सम्भावित समर्थकहरूको विषयमा कुरा गरिरहेका छन्,’ स्रोतले भन्यो ।
FACEBOOK COMMENTS