काठमाडौं, माघ ६ –अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कार्यभार सम्हालेकै दिन विस्तृत आप्रवासन विधेयक सार्वजनिक गर्ने योजना बनाएका छन् ।देशमा अवैध रूपमा बसिरहेका एक करोड १० लाख मानिसलाई आठ वर्षमा नागरिकता दिलाउने उक्त विधेयकको उद्देश्य रहनेछ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनका विषयमा अपनाएको कठोर नीतिलाई विधेयकले उल्ट्याउनेछ ।बाइडनले चुनावी अभियानका दौरान ल्याटिनो र अन्य समुदायका मानिसलाई गरेको प्रतिबद्धता कार्यान्वयन गर्न खोजेका हुन् ।हालैका वर्षमा कुनै कानूनी हैसियत विना नै देशमा बसिरहेका व्यक्तिलाई नागरिकता प्राप्त गर्ने यो सबभन्दा छिटो उपाय हो ।तर रिपब्लिकनहरूले सीमा सुरक्षामा थप बलियो बनाउनुपर्ने भनी राखेको मागलाई प्रस्तावित विधेयकले संलग्न नगरेकाले संसदबाट यो पारित हुन कठिन देखिन्छ ।
सयौं पृष्ठ लामो विधेयक बाइडनले बुधवार शपथ लिएकै दिन प्रस्तुत गरिने बताइएको छ । राष्ट्रपति उम्मेदवारका रूपमा बाइडनले आप्रवासनका विषयमा ट्रम्पका गतिविधिहरूले अमेरिकी मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताएका थिए । सीमामा सुरक्षा वृद्धि गर्दै आप्रवासनमा पुर्याइएको क्षतिलाई भरपाई गर्ने उनले प्रतिज्ञा गरेका थिए ।
यस कानूनअन्तर्गत अमेरिकामा सन् २०२१ को जनवरी १ सम्ममा कानूनी हैसियतविना नै बसिरहेका मानिसले अस्थायी कानूनी हैसियत वा ग्रीन कार्ड पाँच वर्षमा ग्रीन कार्ड पाउनेछन् ।
उनीहरूले पृष्ठभूमि परीक्षण उत्तीर्ण गर्नुपर्नेछ, कर तिरेको हुनुपर्नेछ र अन्य आधारभूत दायित्व निर्वाह गरेको हुनुपर्नेछ । त्यसपछि उनीहरूले अंगीकृत नागरिकता पाउने इच्छा गरेमा तीन वर्षभित्र पाउने व्यवस्था मिलाइनेछ ।
FACEBOOK COMMENTS