काठमाडौं, मंसिर २९ – अमेरिकामा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको छ। पछिल्लो १० महिनायता कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पहिलो चरण खोप लगाइने भएको हो। खोप लगाइएको प्रत्यक्ष प्रसारण टेलिभिजनमार्फत् गरिएको थियो।
न्यूयोर्कको स्थानीय समयानुसार समयअनुसार बिहान ९ बजेर २२ मिनेट जाँदा भ्याक्सिन लगाइएको थियाे। राष्ट्रपति डाेनाल्ड ट्रम्पले ट्विटरमा अमेरिकामा खाेप लगाउने काम सुरु भएकाे बताएका छन्।
लङ आइल्यान्ड जेविस मेडिकल सेन्टरकी क्रिटिकल क्यर नर्स सान्ड्रा लिन्डसे नाम गरेकी स्वास्थ्यकर्मीलाई प्रथम पटक खोप लगाइएको थियो। खोप लगाएपछि उनले आफू आशावादी भएको बताइन्। बेलायतमा विकास भएकाे फाइजरकाे खाेप अमेरिकामा पनि दिन थालिएकाे हाे।
FACEBOOK COMMENTS