काठमाडौं, जेठ ३ । चीनको सिचुवान प्रान्तले नेपाललाई सहायतास्वरुप दिएको ५ करोड ५७ लाख रुपैयाँ बराबको स्वास्थ्य सामाग्री यही हप्ता नेपाल आइपुग्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले बताएअनुसार नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि सिचुवान प्रान्तले स्वास्थ्य सामाग्री दिने घोषणा गरेको हो । सिचवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौं पठाइदिने भएको हो ।
कोरोनाको दोस्रो लहरविरुद्ध लड्न चीनले नेपाललाई निरन्तर स्वास्थ्य सामाग्री दिँदै आएको छ । चीनको संघीय सरकारले २० हजार अक्जिन सिलिन्डर दिने घोषणा गरेको छ ।
यस्तै, अमेरिका सरकारले सहयोगस्वरुप दिएको स्वास्थ्य सामाग्री आज (सोमबार) रातीसम्म काठमाडौं आइपुग्ने मन्त्रालयले बताएको छ ।
FACEBOOK COMMENTS