काठमाडौं, फागुन १७ –अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा भाषामा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएको हो।
महिला समानताको सवालमा अगाडि मानिने अमेरिकाको राजनीतिमा भने २१ औं शताब्दीमा पनि वर्णभेदी र लिंगभेदी नै छ।यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले दुई खालका इतिहास रचिन्। एउटा उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनिरहेकी थिइन्। अर्को उनी त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन्।
यी र यस्तै इतिहास रच्ने पात्र कमला ह्यारिसको ‘ट्रुथ्स वी होल्ड’ पुस्तक विभिन्न बेस्ट सेलर पुस्तकको सूचीमा पर्न सफल पुस्तक हो।वी रिडले कमला ह्यारिसको सोही पुस्तक ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा प्रकाशन गर्न लागेको हो।यसको विस्तृत विवरण यसै झबष् िमा संलग्न एचभकक च्भभिबकभ मा रहेको छ।
FACEBOOK COMMENTS