काठमाडौं, बैशाख ५ – कोरोना भाइरसको महामारी विश्वमा फैलिएसँगै अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । आज नेपाल राष्ट्र बैंकले एक डलरको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको छ ।
विहीबार अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो ।
२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको छ।
यस्तै गरी युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS