काठमाडौं– विश्व अर्थतन्त्रमा अमेरिकी डलरको जगजगी भइरहँदा भारतीय कारणले नेपाली रुपैयाँ कमजोर भएको छ।
नेपालीहरुसँग प्रत्यक्ष जोडिएको केही देशको मुद्रा पनि बढिरहेको छ। डलरसँगै अन्य मुद्रा पनि बलियो हुँदा नेपाली अर्थतन्त्रमा आयातको भार थपिने छ।
गत साउन १८ गते ११० रुपैयाँमा उक्लिएको डलर अहिलेसम्म ११६ रुपैयाँमाथि पुगिसकेको छ।
अहिले डलर मात्रै होइन युरो पनि उक्लिएको छ। डलर उक्लिन थालेको देखिको हिसाव गर्ने हो भने १२७ रुपैयाँको युरो १३४ रुपैयाँसम्म पुगिसकेको छ।
अस्ट्रेलियन डलर, कतारी तथा साउदी रियाल पनि डेढ रुपैयाँले महँगिसकेको छ। डलरलगायत कतारी र साउदी रियाल बढ्दा त्यहाँ काम गर्न गएका नेपालीले पठाउने पैसाले बढि दाम पाउँछ। कुवेती दिनार त १६ रुपैयाँ बढिसकेको छ। ३६४ रुपैयाँ पुगेको दिनार अहिले ३८० रुपैयाँमा पुगेको छ।
भारतीय कारणले डलरको भाउ बढेकाले नेपालीले चाहेर पनि केही गर्न नसक्ने विज्ञहरु बताउँछन्।
FACEBOOK COMMENTS