काठमाण्डौँ — परिवर्तनीय अमेरिकी डलर तीन महिनायताकै कमजोर भएको छ।
नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।
कमजोर डलरका कारण आयातित सामान सस्तोमा पाइने सम्भावना बढेको छ।
नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ ७० पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय १३ रुपैयाँ ३० पैसा तोकेको छ।
नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले बताए ।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ।

— नागरीक