काठमाडौं,चैत ३ – अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण चैत ४ गते (मंगलबार) देखि लागू हुने गरी अमेरिकी दूतावासले भिसा नदिने भएको हो । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो कुराको जानकारी दिएको हो ।
दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’
दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS