काठमाडौं,चैत १८– अमेरिकी नागरिक लैजान कतार एअरवेजको चार्टर्ड जहाज नेपाल आइपुगेको छ ।
अमेरिकाले नेपालमा अलपत्र परेका आफ्ना नागरिकको उद्दारका लागि कतार एअरवेजको जहाज चार्टर्ड गरेको हो । नेपालका विभिन्न स्थानमा अलपत्र परेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौं ल्याइएसँगै अमेरिकी दूतावासले उनीहरुलाई आफ्नो देशमा फर्काउन लागेको हो ।
जहाज तीन सय यात्रु बोकर कतारको दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट जानेछ । यसको लागि अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ ।
यसअघि जर्मन र इटालीले पनि आफ्ना देशमा नागरिकलाई कतार एअरवेजमार्फत नै स्वदेश लगिसकेका छन् ।
FACEBOOK COMMENTS