काठमाडौं, २५ कार्तिक – अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोटेकले उत्पादन गरेको खोप कोराना भाइरसको उपचारमा ९० प्रतिशतसम्म प्रभावकारी हुने दावी गरेका छन् । यी कम्पनीहरुले कोरोनाको लक्षण पहिलेनै नदेखिएकामा उनीहरुको खोप प्रभावकारी हुने बताएका छन् ।
फाइजरका अध्यक्ष र सीईओ अल्बर्ट बौरलाले भने,“आजको दिन मानवता र विज्ञानका लागि अत्यन्त महत्वपूर्ण छ ।
हाम्रो कोभिड–१९ खोपको तेस्रो चरणको परीक्षणमा देखिएको नतिजाको पहिलो समूह हाम्रो खोपको कोभिड–१९ भाइरस रोक्ने क्षमतालाई लिएर प्रारम्भिक प्रमाण प्रस्तुत गर्छ ।” “हामीले आफ्नो खोपको विकास कार्यक्रममा महत्वपूर्ण सफलता हासिल गरेका छौ । पुरै विश्वमा यो खोपको आवश्यकता भएको समयमा हामीले यो सफलता प्राप्त गरेका छौ,” उनले बताए ।
संक्रमणको अवस्था यस्तो छ कि अस्पतालको क्षमता भन्दा बढी बिरामी पुगिरहेका छन र अर्थतन्त्र ओरालो लागिरहेको छ । १६४ बलियो घटना नभए सम्म यो खोपको परीक्षण रहिरहने छ । यसैले यसको प्रभावकारितामा परिवर्तन आउने सम्भावना छ । तर संक्रमण रोक्नका लागि ९० प्रतिशत प्रभावकारी खोज उत्साहजनक प्रमाणित भइरहेको छ । खोपको तेस्रो चरणको परीक्षणमा ४३ हजार भन्दा बढी सहभागी भएका छन् ।
FACEBOOK COMMENTS