काठमाडौं, ५ चैत – नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । उनी पहिलो पटक सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिको सदस्यमा निर्विरोध चयन भएका हुन् ।
शेयर लगानीकर्ताहरूको संगठन नेपाल इन्भेस्टर्स फोरमको पूर्वअध्यक्षसमेत रहेका पौडेलको चयनलाई कम्पनीको १३ चैतमा बस्ने साधारणसभाले अनुमोदन गर्नेछ ।
टेलिकममा ८ दशमलव ४८ प्रतिशत शेयर सर्वसाधारणको छ । यसमध्ये ४ दशमलव ५ प्रतिशत कर्मचारी र ३ दशमलव ९८ प्रतिशत सर्वसाधारणको छ । त्यस्तै, नागरिक लगानी कोषको ० दशमलव ०३ प्रतिशत शेयर टेलिकममा छ ।
FACEBOOK COMMENTS