काठमाण्डौं – अरुण काबेली पावर लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।
यस साधारण सभाले आर्थिक वर्ष २०७३÷७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।
यस कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य,बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सीना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेका छन् ।
यस कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।
यस परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको छ ।
FACEBOOK COMMENTS