काठमाडौं
बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन बनाउनका लागि भारत सरकारले थप १९ अर्ब ७७ करोढ ८८ लाख रुपैयाँ (१२ अर्ब, ३६ करोड १३ करोड भारु) लगानी गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा बसेको आर्थिक मामिलासम्बन्धी आर्थिक समितिले सतलज जलविद्युत् निगम लिमिटेड (एसजेवीएनलएल)लाई उक्त लगानीका लागि स्वीकृति दिएको हो ।
भारतीय सरकारले सन् २०१७ को मूल्यस्तरका आधारमा यो लगानीका लागि स्वीकृति लिएको हो ।
यो रकमबाट अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४०० केभीको प्रसारण लाइनबाट नेपालको डिडिङबाट ढल्केवर हुँदै भारतको बथनाहसम्म विद्युत् आपूर्ति हुने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफपुर हुँदै भारतलाई निर्यात गर्ने योजना छ ।
संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।
नेपालले पाउने २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारण लाइनमार्फत वितरण हुनेछ। भारततर्फ लाने विद्युत पनि मुजफ्फरपुर प्रसारण लाइनमा जोडिनेछ।
FACEBOOK COMMENTS