काठमाडौं, भदौ १७ – अर्घाखाँचीमा भाद्र २४ गते राती १२ बजे सम्मका लागि लकडाउनको समय अवधी थपिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।
बुधबार राती १२ बजेसम्मको लागि यस अघिनै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको हो । तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउन थप गर्न मंगलबार सुझाव दिएका थिए ।
FACEBOOK COMMENTS