काठमाडौँ — भारतबाट नेपाल भित्रिएको सलहको झुन्ड मकबालीमा केन्द्रित देखिएको छ । अर्घाखाँची, दाङ, मकवानपुरलगायत क्षेत्रको मकैमा यसले बढी क्षति पुर्याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
‘अर्घाखाँची र दाङमै धानको ब्याडमा बसे पनि त्यति धेरै क्षति पुर्याएको छैन । मकैबालीमा भने क्षति पुर्याएको जानकारी प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेव हुमागाईंले भने, ‘कृषि ज्ञान केन्द्रमार्फत थप विवरण संकलन गरिरहेका छौं ।’
मकवानपुर, नुवाकोट र रोल्पामा पनि सलहले सामान्य क्षति पुर्याएको छ । त्यस क्षेत्रमा ज्ञान केन्द्रका कर्मचारीले विवरण संकलन गरिरहेको उनले बताए । बिहीबार सलह प्यूठान र दाङमा केन्द्रित देखिएको छ । केहीकेही झुन्ड रोल्पारबागलुङतर्फ लागेका छन् । केही रोल्पा हुँदै पश्चिमतर्फ लागेका छन् ।
FACEBOOK COMMENTS