बेइजिङ – चीनले एक वर्ष भित्रमा २०० मिटर भन्दा अग्लो ८८ गगनचुम्बी भवन बनाई विश्वका रेकर्ड तोडेको छ ।
चीनीया समचारका अनुसार अग्लो भवनको निर्माणको आधारमा यो एक ऐतिहासिक तथ्यांक हो ।
यो संख्याको गगनचुम्बी भवनको निर्माण पुरै चीनमा भएको हो । यो भन्दा पहिला एकै वर्षमा ८८ गगनचुम्बी भवन कुनै पनि देशले बनाएको थिएन ।
एजेन्सीका अनुसार विश्वभरीमा यो वर्ष १४३ गगनचुम्बी भवन बनाइएको छ । यो हाल सम्मकै दोस्रो सर्वाधिक ठूलो तथ्यांक हो । २०१७ मा विश्वमा १४७ गगनचुम्बी भवन बनेको थियो ।
२०१८ मा चीनमा ६१।५ प्रतिशत नयाँ गगनचुम्बी भवन बनेको बताइएको छ । यो मध्ये १४ वटा दक्षिणी चीनको सेनझेनमा बनाइएको थियो ।
FACEBOOK COMMENTS