काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको गुनासाे गरेकी छन् ।
नाडा अटाेशाे काे उद्घाटन कार्यक्रममा उनले “अर्थमन्त्री ज्यूले हामीले नभनीकन बुझ्नुहुन्छ, हामीले केही भनिरहनु पर्दैन भन्ने लागेको थियो तर हामीले धेरै नै अपेक्षा गरेका रहेछौं । ६ महिनासम्म केही संकेत देखिएको छैन,” भनिन् ।
देशको व्यापारघाटा बढ्यो भनिरहँदा सरकारले अटोमोबाइलको विकास तथा स्वदेशमै निर्माणको लागि केही सहुलियत दिनुपर्ने उनले बताइन् । विश्वभर विद्युतीय सवारी बढेको उल्लेख गर्दै राणाले भनिन्, “विद्युतीय सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेसन निर्माण गर्ने हो भने पनि धेरै नै व्यापार घाटा कम गर्न सहयोग पुग्छ ।”
कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए । सवारीसाधनलाई बिलासीभन्दा आवश्यकताको रूपमा हेरिनुपर्ने उनको भनाइ छ ।
नाडाको आयोजनामा अटो शोको १३ औं संस्करण मंगलबारबाट सुरु भएको छ ।
FACEBOOK COMMENTS