काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै सेयर लगानीकर्ताहरु अनशन बस्ने भएका छन् ।
सेयर बजार निरन्तर उच्च अंकले ओरालो लागेपछि सम्पत्तिको सुरक्षा गर्नको लागी भन्दै लगानीकर्ताहरु आगामी मंसिर २३ गते आइतबार अनशन बस्ने बताएका छन् ।
लगानीकर्ताले वर्षौदेखि राख्दै आएका मागहरु पुरा गराउने सन्दर्भमा सरकारले आलटालले उक्त दिन अनशन बस्न लागेको सेयर लगानीकर्ता दबाब समूहले बताएको छ ।
उक्त समूहले एक विज्ञप्ति मार्फत अर्थमन्त्री डा.खतिवडा पुँजी बजारको विरोधी भएको भन्दै उनको राजीनामाको मुख्य मागसहित रिले अनशन बस्ने निर्णय गरेको बताएको छ ।
FACEBOOK COMMENTS