काठमाडौं,फागुन १४- नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने औपचारिक निर्णय गरेको हो ।
आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।
योसँगै अर्थमन्त्री खतिवडाको कार्यकाल समेत सकिने छ । राष्ट्रियसभाको कार्यकाल सकिएपछि ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन्छन् यार रहदैनन् त्यो भने प्रष्ट छैन ।
FACEBOOK COMMENTS