काठमाडौं,श्रावण १ – संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ विज्ञका रूपमा २ वर्षे कार्यकालमा नियुक्त भई आगामी २०७७ मंसिरमा कार्यकाल सकिन लागेका टीकाराम राईलाई मन्त्रिपरिषद्को नियमित बैठकले बर्खास्त गरेको खबर छ । राईलाई २०७७ साउन १ गते बर्खास्त गरेको चिठी दिएको थाहा भएको छ ।
राई स्वयंमले आफूलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको पुष्टि गरेका छन् । प्रिन्टिङ र विज्ञापनमा आमूल परिवर्तन गरेर प्रसस्त आम्दानी गराउन सफल भएका राईलाई के कति कारणले हटाइयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर, राईको बर्खास्त पछि अब गोरखा पत्रमा फेरि कागज, मसी लगायतका सामान खरिदमा हिजोको जस्तै भ्रष्टाचार मौलाउने भयो भन्ने चर्चा गोपमा हुने गरेको स्रोत बताउछ । स्मरण रहोस् गोरखा पत्रमा भ्रष्टाचार भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महाप्रबन्धक समेतको जागिर खाएको ताजा घटना रहेको छ ।
ु‘यो देशमा राम्रो काम गर्नेको भलाई हुँदो रहेनछ भन्ने मैले पनि अनुभव गरेँ’, राईले फेसबुकमा लेखेका छन्, ‘गोरखापत्रको सार्वजनिक रूपमै अनुभव हुने गरी विकास र संस्थागत सुधार गरेबापत मलाई आज सरकारले बर्खास्त गर्यो । देशको महत्त्वपूर्ण सार्वजनिक संस्थाहरू बलियो हुन नदिने ग्रायन्ड डिजाइनमा अर्थ तथा सञ्चार मन्त्री युवराज अतिवडाको पहलमा यो निर्णय भएको हो ।ुु
किन गरियो बर्खास्त ?
गोरखापत्रको भ¥याङबाट सुधारको थालनी गरेका राईले व्यवस्थापनदेखि यसका प्रकाशनहरूसम्मै देखिने गरी सुधार गरेका थिए । यो क्रममा उनले गोरखापत्रभित्रको गलत प्रवृत्तिविरुद्ध निर्मम प्रहार गरेका थिए । राईको यो कार्यशैलीबाट सुरुदेखि नै भ्रष्ट तप्का रुष्ट बन्न पुगेको थियो ।
पछिल्लो समय गोकुल बास्कोटाको बर्खास्तगीपछि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री युवराज खतिवडासँग राईको टस्सल थियो । मन्त्री खतिवडाका केही स्वार्थ पूरा नभएपछि खतिवडा उनलाई हटाउने प्रयासमा केही महिनादेखि लागेको चर्चा चलेको थियो ।
कोरोना महामारीलगायतका कारण रोकिएको बर्खास्ती मन्त्री युवराज खतिवडाले अवस्था केही सहज भएसँगै गरेका हुन् । मन्त्रिपरिषद् बैठकबाट सल्लाहकार बर्खास्त गरिएको यो सम्भवतः पहिलो घटना हो । यसबाट गोरखापत्र सुधारको अभियानमा गम्भीर धक्का पुग्ने बताइएको छ ।
राईको अबको बाटो
राई मन्त्रिस्तरीय निर्णयबाट नभई मन्त्रिपरिषद्को निर्णयबाट सल्लाहकार नियुक्त गरिएका थिए । अकारण गरिएको उनको बर्खास्तगी गैरकानूनी रहेको बताइन्छ । त्यसैले अब राईले कानूनी उपचार खोज्न सक्छन् । यद्यपि, राईले अब कानूनी उपचार खोज्छन् कि चुपचाप बस्छन् भन्ने खुलेको छैन । यसबारे उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले आफूमाथि भएको अन्यायका विरुद्ध कानूनी उपचार खोज्ने सम्भावना प्रबल छ ।
FACEBOOK COMMENTS