काठमाडौँ अर्थ विद ( पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालमा अधिकारीको उपचारको क्रममा निधन भएको हो ।
अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उहाँले तीन दिनदेखि परिवारका सदस्यले बोलाउँदा प्रतिक्रिया जनाउन सक्नुभएको थिएन ।
नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिनु भएको हो । अधिकारी १६ वर्षदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील हुँदै आउनु भएको थियो । उहाँ लामोसमय पार्टीमा पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । भरतमोहन, दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बन्नुभयो । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरिसक्नुभएको थियो । अर्थ विद समेत रहेका अधिकारीले लेखेका पुष्तकहरु वाट राज्यले धैरै कुरा लिन सक्ने देखिन्छ ।
FACEBOOK COMMENTS