काठमाडौं, चैत २७- परराष्ट्र मन्त्रालयले अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा कटौती गरेको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट र अफिसियल झण्डा प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।
शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल अवैतनिक वाणिज्यदूतले प्रयोग गर्ने निलो नम्बर प्लेटको अफिसियल सवारीको दुरुपयोग गरी थर्मल गनको कालोबजारी गरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेसँगै परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले जारी सूचनामा एकजना अवैतनिक दूत गैरकानूनी कार्यमा संलग्न भएको र आफ्नो सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले अर्को सूचना नआउँदासम्मका लागि ती सुविधा खोस्ने निर्णण गरेको बताएको छ ।
FACEBOOK COMMENTS