काठमाडौं अवैध मिर्गौला प्रत्यारोपणको घटनामा प्रहरीको पनि संलग्नता पाइएको छ ।
यस घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक ९असई० भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रंहरी नायव निरीक्षक ९सई० योगेन्द्रराज थपलिया पक्राउ परेका छन् ।
थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि थपलियाको संलग्नता भएको प्रहरीले बताएको छ ।
चितवनको कलेज अफ मेडिकल साइन्सेज नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकिएको घटना बाहिरिएको थियो । उक्त घटनामा संलग्न १२ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ
FACEBOOK COMMENTS