काठमाडौं, जेठ ७ – अष्ट्रेलियाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
कोभिड-१९ विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा गरेको हो ।नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई उसले दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई घोषणा गरिएको उक्त सहयोग रहेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त सहयोग अन्तर्गत प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीको लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ ।अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने समेत जनाएको छ ।
FACEBOOK COMMENTS