काठमाडौ, भदौ २७ । दशैंको अवसरमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु सस्तो मूल्यमा खरिद गर्न सकिने भएको छ ।
ग्राहकलाई सहुलियत दरमा सामान उपलब्ध गराउन असोज २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला ‘दशैंको बेला सस्तो मेला’ आयोजना हुने भएको हो । उक्त मेलाको तयारी पुरा भइसकेको आयोजक संस्था इभेण्ट सोलुसनले जनाएको छ ।
विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको स्टक क्लियरेन्स ५ दिनसम्म चल्नेछ । प्रदर्शनीमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देश कवि जयसागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।
‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेलाभन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायतका सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।
दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजनागरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्तातथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ ।
६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वितहुने विश्वास लिइएको छ ।
एक्सपोको प्रवद्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ ।त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् ।
छाला जुत्तातथा वस्तुहरुको मेलामाविशेष सहभागिता रहनेछ ।
FACEBOOK COMMENTS