काठमाण्ठडौं — अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या एक वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ ।
अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांकअनुसार सन् २०१७ मा ३५ हजार २ सय १२ विद्यार्थी भर्ना भएकामा २०१८ मा यो संख्या बढेर ५२ हजार २ सय ४३ पुगेको छ ।
जुन गत वर्षको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो ।
अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा चीन र भारतपछि नेपाल तेस्रो स्थानमा छ ।
विभागले अध्ययनका लागि अस्ट्रेलियाका विभिन्न शैक्षिक निकायमा भर्ना भएका ८ लाख ७६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालका विद्यार्थी ६ प्रतिशत रहेको जनाइएको छ ।
भिसा दिने प्रक्रियामा पछिल्लो समयमा केही चुस्तता अपनाएको भए पनि नेपाली विद्यार्थीको संख्या बढ्नु उत्साहप्रद रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको दाबी छ ।
विभागले नेपाली विद्यार्थीहरू सबैभन्दा धेरै उच्चशिक्षा अध्ययन गर्न आएको उल्लेख गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS