काठमाडौं, मंसिर १९ – तीन खेलको एकदिवसीय सिरिज २-१ ले गुमाएको पाहुना टोली भारत आजबाट ३ खेलको टी-२० सिरिज खेल्दै छ। पहिलो टी-२० अन्तर्गत क्यानबेरामा भारत-अस्ट्रेलिया दुबै सुखद सुरुवातको प्रतिक्षामा रहेका छन्। बाँकी दुई टी-२० ६ र ८ डिसेम्बरमा सिड्नीमा हुनेछ।
अस्ट्रेलियामा भारतको टी-२० मा राम्रो इतिहास रहेको छ। जहाँ ९ खेलमा भारतले ५ खेलमा जित निकालेको छ। पछिल्लो पटक सिड्नीमा भएको खेलमा भारत ६ विकेटको जित निकालेको थियो।
समग्रमा भारत अस्ट्रेलिया बिच भएको २१ खेलमा भारतले ११ तथा अस्ट्रेलियाले ८ खेलमा जित निकालेको छ। २ खेल नतिजा विहिन भएका थिए।
पछिल्लो १२ वर्षमा भारत अस्ट्रेलियामा भएको कुनैपनि टी-२० सिरिज हारेको छैन्। पछिल्लो पटक २०१८मा जब भारत- अस्ट्रेलिया को भ्रमणमा रहेको थियो। त्यसबेला सिरीज १-१ को बराबरी भएको थियो। जहाँ ४ वर्ष अघि भारतले अस्ट्रेलिया विरुद्ध ३-० ले सिरीज क्लीन स्वीप गरेको थियो।
FACEBOOK COMMENTS