काठमाडौं, कात्तिक १ – कोरोना भाइरसको संक्रमण देखिएकी एक बालिकाको अस्पतालले डिस्चार्ज गरेकै केही समयपछि मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका घर भएकी ८ वर्षीया बालिकाको मिर्गौलामा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
२४ दिन अगाडि विराट मेडिकल कलेजमा भर्ना भएकी उनमा ४ दिन अगाडि मात्रै कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले शुक्रबार साँझ उनलाई डिस्चार्ज गरेको थियो ।
अस्पतालले डिस्चार्ज गरे पछि घर फर्काउँदा बालिकाको बाटोमा नै मृत्यु भएको हो ।
FACEBOOK COMMENTS