काठमाडौं, असोज १९ – विराटनगर अस्पतालमा उपचारका क्रममा रहेका ५३ वर्षीय एक विरामीको अस्पताल भवनको दोस्रो तल्लाबाट हाम फालेर मृत्यु भएको छ।
सोमबार विहान करिब साढे ५ बजे अस्पतालको इन्टेनसिभ केयर यूनिट आइसियूमा उपचाररत मोरङ मिक्लाजुंग गाउँपालिका-७ का अमृत गजमेरले भवनबाट हामफालेका थिए।अस्पताल प्रशासनले घटनाबारे जानकारी दिएको छैन।
तथापि, जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार अस्पतालमा उपचार गरिरहेका गजमेरले विहानीपख दोस्रो तल्लाबाट हामफालेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको जनाएका कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले भवनबाट हामफालेर गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा विहान ९ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार विरामी गजमेरले आत्महत्या गर्ने उद्धेश्यसहित भवनबाट हामफालेको खुलेको छ । तथापी प्रहरी अहिलेनै घटनाको निचोडमा पुगिसकेको छैन।
फोक्सोमा समस्यासहित मिक्लाजुंगबाट असोज १७ अस्पतालमा भर्ना भएका थिए। तथापि, विहानीपख विरामी गर्मी भएको जनाउदै बेडबाट दौडदै झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ। यसक्रममा अस्पतालका नर्ससमेत उनलाई जोगाउन पछिपछि दौडिएको खुलेको प्रहरीले उल्लेख गरेको छ।
FACEBOOK COMMENTS