काठमाडौँ, असोज १ – बुटवल र भैरहवाका कोरोना विशेष अदालतले भर्ना गर्न नमानेर फर्काइएका पाल्पाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिरामी भएपछि एकसाता अगाडि पाल्पाको मिसन अस्पतालमा भर्ना भएका तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।
मिसन अस्पतालमा भर्ना भएकै दिन स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमण देखिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मिसन अस्पताल पाल्पाले उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा रेफर गरेको थियो ।
बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पताले भर्ना लिन नमानेपछि बिरामीका आफन्तले भैरहवास्थित भीम अस्पताल पु¥याएका थिए ।
तर, भीम अस्पतालले पनि भर्ना लिएन । ‘दुवै अस्पतालले भर्ना लिन नमानेपछि बुटवलको मुटु अस्पताल लगिएको थियो । मुटु अस्पतालले पनि भर्ना लिन नमानेपछि हामीले पाल्पा नै फिर्ता ल्याउनु प¥यो,’ मिसन अस्पताल पाल्पाका व्यवस्थापक जीवन भट्टराईले भने ।
पाल्पा ल्याइएपछि उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको बुद्धाश्रममा रहेको आइसोलेसनमा राखिएको थियो ।
आइसोलेसन सन्टरमा उपचार चलिरहेकै बेला उनको बिहीबार मृत्यु भएको मिसन अस्पतालका व्यवस्थापक भट्टराईले बताए । व्यवस्थापक भट्टराईका अनुसार मृतक कलेजोसम्बन्धी समस्याबाट ग्रसित थिए ।
FACEBOOK COMMENTS