काठमाडौं, असोज २३ – अस्वास्थकर खानेपानी उत्पादनम गरी बढी मुल्यमा बिक्री बितरण गर्ने सिद्धीलक्ष्मी पानी उद्योग बिरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा उजुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनलाई उक्त कम्पनी बिरुद्ध कारवाहीको माग गर्दै विभागमा बिहिबार उजुरी दर्ता गराएका हुन् ।
मर्हजनद्धारा उक्त पानी कम्पनीबिरुद्ध कारवाहीको माग गर्दे दायर गरेको निवेदनमा भनिएको छ । निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा बितरण व्यवस्था बारेमा पटक पटक सर्वसाधारण उपभोक्ताहरुबाट आई रहेको अवस्थामा खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण गरेको छ भने प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरुले अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने व्यवस्था गरेको छ भने दफा १९ मा वस्तु वा सेवाको मुल्य निर्धारण सम्बन्धी व्यवस्था गरेको छ ।
पत्रमा भनिएको छ, प्रस्तुत बिषयमा काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्राण्डको शिलबन्द जारको पानीमा किरा परेको फेला देखिएको र सोही जार प्रति जारको अंकित मूल्य ६० रुपैयांमा विक्री वितरण गरेकोमा कारवाही गरी पाउन उपभोक्ताबाट शिलबन्द जार सहित आवश्यक कारवाही गरी पाउनको अनुरोध गर्न आएको व्यहोरा अनुरोध छ ।
उक्त कम्पनीले २० लिटर जारको पानी अधिकतम खुद्रा मूल्य ५० रुपैयां भन्दा बढि लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र बाणिज्य बिभाग बिच भएको मिति २०७७ साउन २४ गतेको सहमति सहितको प्रतिवेदन, उपभोक्ता संरक्षण ऐन, ०७५ तथा खाद्य ऐन, २०२३ बिपरित अनुचित तथा गैरकानूनी व्यापारिक कृयाकलाप गरेको देखिन आएको हुंदा सिध्दीलक्ष्मीका पानी उद्योग माथि हदैसम्मको कारवाही गरी पाउन अनुरोध गर्दछौं, पत्रमा भनिएको छ ।
FACEBOOK COMMENTS