बिष्णु गौतम,
तनहुँ, माघ ६ – ५८ करोड ५ लाख बराबरको संशोधित बजेट पारित गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाको ८ औ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको सभापतित्वमा सोमबार बसेको ८औं गाउँ सभाले कार्यक्रम सहितको सो बजेट र पारित गरेको हो। ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्छी पकेट क्षेत्र प्रवर्द्धन सहयोग कार्यक्रम संचालन निर्देशिका, २०७७ गरि २ वटा विधेयक समेत सभाबाट पारित भएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
सभाले आवधिक योजना निर्माण, १ वडा १ पोखरी र १ चौतारी निर्माण गरी पर्यावरण प्रवर्धन गर्ने, बजार क्षेत्रमा हरित वेल्ट निर्माण, क्रमागत योजनाका रुपमा संचालन हुने गरि वहुउद्देश्यीय भवन निर्माण कार्य प्रारम्भ, प्राप्त स्रोतका आधारमा प्राथमिकता प्राप्त योजनाहरुलाई छनौट गरि कार्यन्वयन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले कृषि, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, सडक, यातायात, खानेपानी, लगायतका क्षेत्रमा बजेटलाई प्राथमिकता दिइएको बताइन ।